Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सनराइज होल्डिङ्गस्ले २४ करोडको साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका २४,००,००० कित्ताले हुन आउने रु.२४,००,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास सिलवालले हस्ताक्षर गरेका छन् ।

सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ ।

निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो ।

Health Tips Ad Road Block