Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा चिनियाँ राष्ट्रपति सी चीनफिडसँग प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेका छन् । चीन भ्रमणकाक्रममा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘चीनका राष्ट्रपति सी चीनफिडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ।’

Health Tips Ad Road Block