Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रेम कार्कीको अध्यक्षतामा नेकपा एस मजदुर विशेष जिल्ला कमिटी काठमाडौं सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मजदुर विशेष जिल्ला कमिटी काठमाडौंको प्रथम अधिवेशनले प्रेम बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा वेद प्रसाद हुमागाईँ, विनोद दुराल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा दिनेश घिमिरे, उपसचिव प्रशान्त ढुङ्गाना,  मोहन लाल श्रेष्ठ र शिव के सी चयन भएका छन् ।

सदस्यहरुमा दिपेश थपलिया, शेखर शाही, कुशनदन प्रसाद साह सोनार, पूर्ण बहादुर थापा, नारायण घिमिरे, विश्वराज अर्याल, हिक्मत रावल, ईश्वरी बानियाँ, विनोद सिग्देल, सुनिता कार्की, गायत्री गिरी, प्रज्ञा महत, सरिता दुलाल, ओम विश्वकर्मा र विष्णु लामिछाने चयन भएका छन् ।

अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष नेपालले मजदुर पेशामा लागेकाहरुलाई गोलबन्द गर्न आग्रह गरे। उनले नेपालमा २२ वटा कम्पुनिष्ट पार्टी रहेको चर्चा गर्दै कम्युनिष्ट एकताको विषय उल्लेख गरे । अध्यक्ष नेपालले उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा लगायतका विषय कुटनीतिक पहलबाट समाधान गर्न पहलकदमी लिन सरकारलाई भने ।

हाल देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार भएपनि क्रान्तिकारी भावना सिद्दिएको र देशमा शुसासन कायम गर्न नसकेको अध्यक्ष नेपालको आरोप छ ।

Health Tips Ad Road Block