ललितपुर । बिएफ डियर हिल सुजको २५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा यो वर्षैभर विभिन्न ठाउँमा मेलाहरू र आफ्ना ब्रान्डको प्रवद्र्धन एवं उत्पादनबारे जानकारी दिने उद्देश्यले मेलाहरु आयोजना भइरहेका छन् । जुत्ता चप्पलका हजारौं पारखीहरुले बिएफ डियर हिलको यस्ता मेलाबाट बढीभन्दा बढी फाइदा लिइरहेका छन् । २०८२ सालको सुरुवातमै कम्पनीले ललितपुरको युएन पार्कमा एउटा मेला सम्पन्न गरेको थियो । हाल दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित गरी ललितपुरको इमाडोलमा अर्काे मेला जारी छ । त्यसैगरी ललितपुरकै गोदावरी नगरपालिकामा उद्योग सञ्चालन गरिरहेको यस उद्योगले अर्काे मेला लगाएको हो । गोदावरी नगरपालिकाभित्र मेला सञ्चालन गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिकाको ११ नम्बर वडा चापागाउँको प्याङगाउँ चौरमा यो मेला सञ्चालन गरिएको छ । भदौ ५ गतेदेखि सुरु मेला असोज १३ गते फूलपातीका दिनसम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।


मेलामा नै जुत्ता, चप्पल किन्न किन आउने ?
यो मेलामा हालसालै लन्च गरिएका नयाँ डिजाइनहरू, लेडिज, जेन्ट्ससहित केटाकेटीलाई हुने जुत्ता चप्पल लगायतका सम्पूर्ण तह र तप्काका व्यक्तित्वहरुलाई हुने खालका जुत्ता चप्पलहरु ५० प्रतिशतसम्मको विशेष छुटका साथ उपलब्ध गराइएको छ । त्यसमा पछि ६ महिनाको वारेन्टीसहित । आफ्ना उत्पादनहरू प्रवद्र्धन एवं ब्रान्डिङका लागि उद्योग त्यहाँ उपस्थित भएको हो । बिएफ डियर हिल सुजका संस्थापक एवं बेस फुटवेर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्याय मेलाबारे जानकारी दिँदै भन्छन्, ‘यहाँ एक त हाम्रो उत्पादन कारखानाबाट सिधै उपभोक्तासम्म पुग्ने गर्दछ । त्यसमा पनि बिएफ डियर हिल सुजको पहिचान गराउनको लागि ५०% सम्म छुट दिइएको छ । यो फ्याक्ट्रीको आफ्नै आउटलेट जस्तै भएकोले यहाँ विशेष छुट दिइएको हो । त्यस्तै ६ महिनाको वारेन्टीका साथ यस मेलामा जुत्ता किन्न पाइन्छ । अरु मेला, महोत्सवमा उत्पादित जुत्ता किनेर लगिसके पछाडि कुनै वारेन्टी–ग्यारेन्टी हुँदैन भने यो फ्याक्ट्रीको आफ्नै आउटलेट भएको हुनाले कम्पनीले यहाँ ६ महिनाको वारेन्टीसहित विशेष छुटका साथ जुत्ता बिक्री वितरण गरिरहेको छ । यो मौकाको फाइदा मुख्यतः गोदावरी नगरपालिकाका बासिन्दाहरूले लिन सक्छन् ।’ मेलामा ४ सय रुपैयाँ चप्पलदेखि ४ हजार रुपैयाँ सम्मका जुत्ताहरु राखिएका छन् ।

मेलाको लोकेसन(स्थान)बारे
गोदावरीको चापागाउँको बज्रबाराराही मन्दिर एकदमै प्रसिद्ध छ । यो प्रसिद्ध देवस्थल हो । त्यस आसपासमै गोदावरी नगरपालिकाको दक्षिण भेगको मकवानपुर र काभ्रेसँग जोडिएका जिल्लाहरूको सम्पूर्ण गाउँपालिकाको यो स्टेसन जस्तै हो चापागाउँ प्याङगाउँ बसपार्क र सँगै रहेको चौर । दक्षिण भेगका सम्पूर्ण गाउँपालिकाहरूसम्म जाने स्थल यही हो । जुत्ता मेला बसपार्कसँगै जोडिएको छ । प्याङगाउँ चौरमा मेला चलिरहेको छ । मकवानपुर र दक्षिणी बेल्ट ललितपुरमा जोडिएका सबै पालिकाका उपभोक्ताहरूलाई लक्षित गरिएर यो मेला गोदावरीका साथै लेले आसपास बागमती गाउँपालिका, मकवानपुरबाट काठमाडौँ फर्कँदै गर्दा कान्तिराजपथबाट आवतजावत गर्ने उपभोक्ताहरु पनि विशेषतः यसका लक्षित वर्ग हुन् ।
फरक मेलाको फरक अनुभव
‘हामीले यसअघि धेरै लामो समयदेखि धेरै ब्रान्ड लिएर सामूहिक रुपमा मेला गर्दै आइरहेका हौँ । अहिले बिएफ डियर हिल सुजको २५ औँ वार्षिक उत्सव मनाइरहँदा यो २५ वर्ष पुरानो ब्राण्डलाई अरु ब्राण्डसँग संयुक्त रुपमा नराखी वार्षिक उत्सवकारुपमा विशेष मेलाहरु भइरहेका छन् । उदोगका संस्थापक उपाध्यायले भने, ‘यसपालि २५ औँ वार्षिक उत्सव भएकोले यो मेलालाई विशेष रूपमा आफ्नो ब्रान्डिङ, प्रचारप्रसार र पहिचान दिनको लागि लागिपरेका छौं । कम्पनीको वार्षिक उत्सव मनाउने क्रममा उपभोक्तालाई एकल रुपमा आफ्ना उत्पादन जानकारी गराउन र प्रदर्शन गरिएको हो ।’ यो ब्राण्डको जुत्ता लगाउन, अझै उपभोक्तासँग प्रत्यक्ष भेटघाट गरेर बिक्री वितरण गर्ने उद्देश्यले आयोजना गरिएको उद्योगको भनाइ छ । यो वर्षभरि काठमाडौँ उपत्यका लगायत जिल्लाका विभिन्न ठाउँहरुमा यस्ता मेला र कार्यक्रमहरु गर्दै लैजाने लक्ष्य उद्योगको रहेको संस्थापक उपाध्याय बताउँछन् ।























