काठमाडौं । गतवर्षभन्दा यसवर्ष करिब ४ प्रतिशत कम क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । गतवर्ष भदौ ७ गतेसम्ममा ९८.५४ प्रतिशत क्षेत्रफलमा रोपाई भएकोमा यसवर्ष भदौ ८ गतेसम्ममा ९४.९ प्रतिशत क्षेत्रफलमा रोपाई भएको यस वर्षको अन्तिम धान रोपार्इ विवरण सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
कुल १३ लाख ७६ हजार ४६६.९८ हेक्टर क्षेत्रफलमा रोपाई हुनुपर्नेमा १३ लाख ०६ हजार २९३.३०४ हेक्टर क्षेत्रफलमा रोपाई भएको केन्द्रको तथ्याँकमा उल्लेख छ । वर्षा ढिलो भएको र क्षेत्रफलमा कम रोपाई भएका कारण यसवर्ष उत्पादन घट्ने चिन्ता गरिएको छ ।
प्रदेशगत रोपाई विवरण यस्तो छ























