Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दार्चुला पावर लिमिटेडले ३० करोडको आईपीओ निष्काशन गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दार्चुला पावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरको ३०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो, जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु हो । कम्पनीले हाल २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदूर पश्चिमी क्षेत्रमा अवस्थित छ । उक्त आयोजनाको निर्माण कार्यहरु द्रुत गतिमा अगाडि बढेको छ भने आगामी डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।

यस कम्पनीको प्रमुख प्रवद्र्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो, जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । दार्चुला पावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको प्रमुख शेयर स्वामित्व रहने गरी लगानी गरेको छ र प्रवद्र्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपुँजी लगानी गर्नेछ ।

Health Tips Ad Road Block