काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त शेयर रजिष्ट्रार सेवाअन्तर्गत उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेन्ज÷सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमार्फत कारोवार भई आएका शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसँग सम्बन्धी सम्पूर्ण कार्यहरु हुनेछ । भदौ १२ गते बिहीबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाडौंमार्फत हुनेछ ।






















