Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भदौका लागि अझै घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वाणिज्य बैंकहरुको भदौका लागि औसत ब्याजदर घटेको छ । नयाँ ब्याजदर प्रकाशित गरेका बैंकहरुले साउनको तुलनामा औसत ब्याजदर घटाएका हुन् । साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसतमा ५.६९ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा ५.५८ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । त्यसैगरी साउन महिनामा संस्थागत मुद्दति निक्षेपमा ४.११ प्रतिशतविन्दु रहेको बैंकहरुको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशतविन्दु कायम गरिएको छ ।

साउनको तुलनामा २० वटा वाणिज्य बैंकहरुमध्ये ८ वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन् भने एकले बढाएको छ । प्रकाशित विवरणअनुसार एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने प्रभु बैंकले बढाएको छ ।

नेपाल बैंक, ग्लोबल आइएमई, प्राइम, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, एनएमबि, हिमालयन, नबिल, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशियाले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

प्रकाशित विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ । बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।

Health Tips Ad Road Block