Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाइमा मोबिलिटी एक्स्पोमा मोर्बिडेली नेपालद्वारा टी ३५२ एक्स र टी २५२एक्स सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी ३५२ एक्स र टी २५२ एक्स सार्वजनिक गरिएको छ । यो सँगै यी दुई प्रोडक्टहरु नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको छ । इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू(भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको छन्।

मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने, टी ३५२ एक्स र टी २५२ एक्समार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघि बढेका छौं। यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।”

मोर्बिडेली टी ३५२ एक्सः साहसिक यात्राका लागि भरपर्दो साथ

टी ३५२ एक्स मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भू(भागहरूमा समेत उच्च प्रदर्शन र सन्तुलन प्रदान गर्छ।

मुख्य विशेषताहरूः

–३४९.२ सीसी ट्विन(सिलिन्डर, ८–भल्भ इन्जिन
–४०.९ एचपी याडदरेट ८,५०० आरपीएम ्र ३१.५ एनएम टर्क
–६–स्पीड गियरबक्स
–बोश डुअल च्यानल एबीएस स्लिपर क्लच
–मोर्बिडेली कनेक्ट एपसँग एकीकृत ७(इन्च टीएफटी डिस्प्ले
–पिरेली स्कॉर्पियन टायर, यूएसडी फ्रन्ट फोर्क, मल्टि(लिङ्क रियर सस्पेन्सन
–१८ लिटर इन्धन ट्याङ्की

शोरूम मूल्यः रू. ९,९७,००० र एक्स्पो अफर मूल्य रू. ९,२३,००० (नाइमा एक्स्पो अवधिभर) रहेको कम्पनीको भनाइ छ ।

मोर्बिडेली टी २५२ एक्सः शहरी युवा राइडरहरूको लागि स्टाइल र सुविधा

टी २५२ एक्स विशेषगरी प्रारम्भिक र युवा राइडरहरूको लागि डिजाइन गरिएको छ, जसले स्टाइल, सहजता र किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्छ।

मुख्य विशेषताहरूः

–२४९ सीसी ट्विन(सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन
–३३.५ एचपी याडटीरेट १२,००० आरपीएम ्र २१.५ एनएम टर्क
–६–स्पीड गियरबक्स
–डुअल च्यानल एबीएस, स्लिपर क्लच
–यूएसडीफ्रन्ट फोर्क, १७ इन्च एलोय ह्वील
–टीएफटी डिजिटल डिस्प्ले

ग्राहक सेवामा प्रतिबद्धता

मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा केन्द्रहरूको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। “हामी सेवा गुणस्तरमा सुधार ल्याउँदै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छौं,” घिमिरेले थपे।

नाइमा एक्स्पो विशेष अफरहरू

स्टल नं. सी५ मा पुग्ने आगन्तुकहरूलेः

–मोर्बिडेली तथा बेनेलिका मोटरसाइकलहरूमा विशेष छुट पाउन सक्नेछन्
–बेनेलिका केही मोडेलमा रू। १ लाखसम्म छुट उपलब्ध छ ।
–निःशुल्क टेस्ट राइड, बुकिङमा उपहार, र विशेष डिलहरू प्राप्त गर्न सकिनेछ ।

 

Health Tips Ad Road Block