Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको प्रयोग बढाउन कति सकिन्छ ? भनेर बहस हुन थालेको छ । अध्ययनमार्फत नै यसलाई उजागर गराउने प्रयास भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार जाईकाले ३ वर्ष भन्दा लामो समय लगाएर काठमाडौंको शहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन गरेको र आवश्यक सुझाव दिएको छ । ट्राफिक लाईट तथा ईन्टरसेक्सन व्यवस्थापन लगायतका बारेमा जाईकाले विभिन्न गाईडलाईनसहित सुझाव दिएको मन्त्रालयले जनाएको छ ।

यसै सन्दर्भमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले ललितपुरमा गरेको एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए । प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नु पर्ने उनको भनाइ छ । छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नविन प्रविधि र शैलीलाई अनुशरण गर्नुपर्ने मन्त्री दाहालको भनाई छ ।

अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नुपर्ने र सरकार त्यस दिशामा रहेको बताए ।

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्वन्ध र सहकार्यलाई समेत बढाउनु सक्नुपर्ने भनाइ राखेका छन् । मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने विश्वास व्यक्त गरेका छन् ।

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block