काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा मूल्य तोलामा १९ सय रुपैयाँले बढेको हो । यसअघि वैशाख १० गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।
चाँदीको मूल्य पनि बढेर २२८० प्रतितोलामा रहेको छ ।






















