काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतबार पोखराको होटल ल्याण्डमार्क लेक साईड पोखरामा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच एकापसमा गाभ्ने/गाभिने ( मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको एक शेयर बराबर पोखरा फाइनान्स लिमिटेडको एक शेयरको स्वाप अनुपात रहने र मर्जरपश्चात संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड कायम रहने भएको छ । वित्तीय संस्थाको अध्यक्ष समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट रहने एवं सञ्चालक समितिमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट अध्यक्ष सहित ४ जना र पोखरा फाइनान्स लिमिटेडबाट ३ जना रहने सहमति भएको छ ।
वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहने गरी दुई संस्थाबीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) मा सहमत भई समझदारीपत्रमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्स लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक तिल बहादुर गुरुङ्गले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
यस समझदारीले वित्तीय संस्था एउटा सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्वा बन्ने अपेक्षा राखिएको छ । बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्न/गाभिन प्रोत्साहित गर्ने केन्द्रीय बैंकको नीतिगत व्यवस्थालाई दुई वित्तीय सस्थाको गाभ्ने/गाभिने (मर्जर)मा सहभागी हुने निर्णयले थप बल पुगेको महशुस गरिएको छ । साथै मर्जरले दुई वित्तीय संस्थाको संस्थापक शेयर होल्डरहरु, साधारण शेयरधनीहरुको सुरक्षा, हित र समग्र मुलुकको आर्थिक तथा वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।























