Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मधेस प्रदेश सुख्खा क्षेत्र घोषणाः प्रदेशका ८ जिल्लामा कृषि मन्त्रालयले अध्ययनका लागि टोली परिचालन गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मधेस प्रदेशका ८ जिल्लाहरुमा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ । हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो । टोली आइतबार सो क्षेत्रमा पुग्ने छ । शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीहरुसँग छलफल गरि तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिएका थिए ।

मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रवाट २–२ जनाको दरले टोली पठाउने निर्णय भएको हो। टोलीले मधेस प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरुसँग पनि समन्वय गर्ने छ । मधेस प्रदेश सरकारले लामो समय सो क्षेत्रमा पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

मन्त्री अधिकारीले अबको केही दिन भित्र वर्षा नभएको अवस्थामा तिनै तहको सरकारले विकल्प खोज्नुपर्छ, मन्त्रालय मातहतका सबै निकायहरुलाई यसतर्फ लगाउनु पर्छ, भने । हाल रहेका सिंचाइका संरचनाहरुलाई पूर्णरुपमा संचालन गरी, सिंचाइका लागि अन्य विकल्पहरु के–के हुन सक्छन् सम्बन्धित निकायहरुसँग छलफल गरि तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिएका छन् ।

मधेसका ८ जिल्लामा हालसम्म करिब ४६ प्रतिशत रोपाईँ सम्पन्न भएको मधेश प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

Health Tips Ad Road Block