Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संखुवासभा चक्रपथ अन्तर्गत दुई पुल सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

संखुवासभा। संखुवासभा जिल्लामा निर्माण सम्पन्न भएका दुई वटा महत्वपूर्ण पुलको उद्घाटन गरिएको छ । दुई दिने गृहजिल्ला भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले यावारा खोला र माया खोलामा निर्माण सम्पन्न भएका पुल उद्घाटन गर्दै दुवै पूर्वाधारले जिल्लाको यातायात सञ्जाललाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

६० मिटर लामो यावारा खोला पुल उद्घाटन

चैनपुर नगरपालिका र मादी गाउँपालिकालाई जोड्ने ६० मिटर लामो यावारा खोला पुल २०७३ सालमा निर्माण सुरु भई २०८९ पुस १२ गते सम्पन्न भएको हो। झण्डै ५ करोड ८७ लाख रुपैयाँको लागतमा सम्पन्न भएको यस पुलले दुई पालिकाबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा मन्त्री खड्काले लामो समयदेखि स्थानियबासीको माग रहेको पुल सम्पन्न हुनु खुसीको विषय भएको बताउँदै भने, “यो पुल मेरो चुनावी प्रतिबद्धतामध्ये एक हो, जनताको मतको सम्मान गर्दै बोलेको काम गरेरै देखाउने विश्वास दिलाउन चाहन्छु।”

माया खोला पुलको पनि उद्घाटन

त्यस्तै, धर्मादेवी नगरपालिका र मादी गाउँपालिकालाई जोड्ने अर्को महत्वपूर्ण पूर्वाधार माया खोला पुल पनि मन्त्री खड्काले उद्घाटन गरे । पाँच करोड भन्दा बढी लागतमा निर्माण सम्पन्न भएको यस पुललाई पनि मन्त्रीले जिल्लाको यातायात तथा आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने बताए ।

“संखुवासभा चक्रपथ” अन्तर्गतका संरचना

दुबै पुल भारत र चीन जोडिने सडक सञ्जालसँग सम्बद्ध भएको बताउँदै मन्त्री खड्काले पूर्वी नेपालका लागि ‘संखुवासभा चक्रपथ’ को अवधारणा अनुरूप पूर्वाधार विकास भइरहेको जानकारी दिए । उनले जिल्लाको सामरिक, भौगोलिक र विकासीय महत्वलाई दृष्टिगत गरी सडक तथा पुल निर्माण तीव्र पारिएको उल्लेख गरे ।

Health Tips Ad Road Block