Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगार विभाग विचौलियामुक्त भएको दाबी

एक वर्षको समीक्षाः कुल ८ लाख ३९ हजारमा साढे ९४ हजार महिलाले लिए श्रम स्वीकृति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं विचौलियामुक्त भएको दाबी गरिएको छ । महानिर्देशक कमल प्रसाद भट्टराईले यो दाबी गरेका हुन् । उनले भने, ‘विचौलिया मुक्त गरी शुन्य सहनशीलताको नीतिलाई विभागले पूर्णरुपमा अंगीकार गरेको छ ।’

वैदेशिक रोजगारी ठगी नियन्त्रण, राहत उद्दार, अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउँदै लगिएको विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । विगत डेढ महिनादेखि एउटा श्रम स्वीकृति दुई मिनेटभन्दा कम समयमा प्रदान हुँदै आएको पत्रकार सम्मेलनमा महानिर्देशक भट्टराईले दाबी गरे ।

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको कुल संख्या ८ लाख ३९ हजार २६६ रहेको छ । त्यसमध्ये पुरुष ७ लाख ४४ हजार ८ सिय ११ र महिला ९४ हजार ४५५ जना रहेका छन् ।

१६८७ इजाजत प्राप्त कुल म्यानपावर संस्थाहरुमध्ये आर्थिक वर्ष २०८१/०८२ मा १०० जना पनि श्रमिक विदेश पठाउन नसक्ने म्यानपावरको संख्या ३२६ रहेको छ । विभागले व्यक्तिगत र संस्थागत विवाद समाधान गरी ७ करोड २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको जानकारी दिएको छ ।

पारदर्शीतापूर्वक असल जनमुखी र रचनात्मक कार्यहरू सम्पादन गर्दै नेपालको संविधानको परिकल्पना बमोजिम सरकारले लिएका संकल्प र नीतिहरूको अर्थपूर्ण कार्यान्वयन गरी आगामी दिनमा यस विभागको सेवा प्रवाहमा गुणात्मक एवं रचनात्मक सुधार गर्नमा विभाग प्रयत्नशिल रहेको भट्टराईले बताएका छन् ।

भट्टराईले आगामी दिनका योजना सुनाउँदै भने, ‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न खुला गरिएका मुलुकमा श्रम गर्न जाने नेपाली श्रमिकले पाउने न्यूनतम पारिश्रमिक तोक्ने कार्यको थालनी (युएई को हकमा तोकिसकिएको छ)भई सकेको छ । आगामी दिनमा सबै गन्तव्य मूलकसँग द्धिपक्षीय श्रम सम्झौता गर्दैं जाने र तत् तत् देशमा पेशागत दक्षताका आधारमा अलग अलग न्यूनतम पारिश्रमिक तोक्ने व्यवस्था गर्न पहल गर्दै जानुपर्ने देखिएको छ।’

Health Tips Ad Road Block