Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आइएमई पे र खल्तीको बीग मर्जरले भुक्तानी प्रणालीको डिजिटाइजेशनलाई थप गति दिनेछः डेपुटी गभर्नर मिश्र

१ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिए

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ ।आइएमई पे र खल्ती वालेट मर्ज भई साउन १ गते बिहीबारबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा एक विशेष कार्यक्रम गरी एकीकृत कारोबारको शुभारम्भ गरिएको घोषणा गरियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को अनुमति पत्र प्रदान गरी मर्जरको औपचारिकता दिएका हुन् । डेपुटी गभर्नर मिश्रले भुक्तानी प्रणालीको डिजिटाइजेशनलाई यो मर्जरले थप गति दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सबल तथा गतिशील वित्तीय संस्था तथा प्रणालीका विकासका लागि राष्ट्र बैंकले लिएको मर्जर प्रोत्साहन नीतिलाई सहयोग गर्न आइएमई ग्रुप सधैं अग्रणी रहेको बताए । सरकारले अघि बढाउन खोजेको डिजिटल नेपालको अवधारणामा समेत यो मर्जरले ठूलो सहयोग पुग्ने विश्वास अध्यक्ष ढकालले व्यक्त गरे ।

आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले अर्थतन्त्रको डिजिटल रूपान्तरणका लागि समग्र भुक्तानी प्रणालीको इकोसिस्टमको रूपान्तरण सबैभन्दा महत्त्वपूर्ण रहेकाले त्यसको थप विकासका लागि प्रतिबद्ध रहेको बताउँदै यसमा राष्ट्र बैंकको थप सहयोग तथा सहकार्यको अपेक्षा गरिएको बताए ।

यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्। यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ ।

यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।

ब्याज दिने एक मात्र वालेटको रूपमा चिनिएको आइएमई पेरेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो।

अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्।

साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रिया मार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन्।

आइएमई पे — आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए।

आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले आइएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताएका छन् ।

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी सो अवसरमा दिए ।

आइएमई पेले Digital Services ICT Award 2024,HRM Award for Corporate Excellence in the FinTech Category 2023रVisa Leadership Conclave Nepal 2023माExcellence in Fintech Partnership Award प्राप्त गरेको थियो।

त्यस्तै, खल्तीले WITSA Global Innovation & Tech Excellence Awards 2022,२०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (NCHL बाट लगातार २ वर्ष)र नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो।

Health Tips Ad Road Block