Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यसहितका उद्यमी ब्यवसायिक ब्यक्ति सम्मानबाट सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य मानार्थ ब्यवसायिक ब्यक्ति सम्मान(सिआईपी) बाट सम्मानित भएका छन् । निजी क्षेत्र र ब्यापार ब्यवसायमा संलग्न उद्यमी ब्यवसायहरुलाई प्रोत्साहित गर्ने नेपाल सरकारको नीति अनुरुप नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा भएको ब्यवसायिक ब्यक्ति सम्मान तथा सुशोभन कार्यक्रममा प्रतिनिधिमूलक व्यवसायिक महासंघ तर्फबाट हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य मानार्थ सिआईपी सम्मानबाट सम्मानित भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबाट शाक्यलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट सम्मानित गरिएको हो ।

त्यसैगरी नेपाल हस्तकला महासंघका सदस्यहरूमध्ये ब्यवसायीका प्रतिनिधिमुलक वस्तुगत संघको तर्पmबाट नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, हस्तकला वस्तुको निर्यातबाट सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने निर्यातकर्ताहरूमध्येबाट गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रालिका सञ्चालक पदमरत्न धाख्वा, तेस्रो मुलुकमा सबैभन्दा बढी फेल्टजन्य हस्तकला वस्तु निर्यातकर्ताको तर्पmबाट नेशनल एक्सपोट्र्स प्रालिका सञ्चालक चन्द्रबहादुर थापा, तेस्रो मुलुकतर्फ एक अरबभन्दा बढी रकमको निर्यातकर्ता एभरेष्ट फेशनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ, चीन तर्फको निकासीमा तेस्रो स्थान हासिल गर्ने अष्टमंङलका प्रोप्राइटर उर्गेन लामा, त्यसैगरी स्टार्टअप उद्यमी व्यवसायीको तर्फबाट माइन्डफुल क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक कुवेर सापकोटा महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मानबाट सम्मानित भएका छन् ।

Health Tips Ad Road Block