Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाडौं महानगरपालिका–७, कुमारीगालस्थित सर्वोत्कृष्ट श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग गरेको छ । एक कायृक्रम गरेर सहयोग हस्तान्तरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सामग्री हस्तान्तरण गरेको माछापुच्छ्रे क्यापिटल लिमिटेडका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले बताए । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । साथै सामुदायिक शैक्षिक अवस्था प्रवद्र्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिँदै जाओस् भन्ने अपेक्षा विद्यालय व्यवस्थापन समितिको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वित्तीय साक्षरताका क्षेत्रमा विभिन्न संघ–संस्थाहरुलाई निरन्तर सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।

Health Tips Ad Road Block