Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चन्द्र ढकाल भन्छन्–नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन, लगानीमा साझेदारीको सम्भावना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् । रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको बताए । यस्तै उनले नेपाल र रुवाण्डाबीच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवद्र्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिने बताए ।

अध्यक्ष ढकालले रुवाण्डाले व्यवसाय गर्न सहज बनाउन गरेको सुधारको चर्चा गर्दै रुवाण्डा विकास बोर्डको पहल, एकदिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षित गरेको उल्लेख गरे । कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा भएको प्रगति नेपाली जनताका लागि पनि सिक्ने विषय भएको उनको भनाइ थियो ।

‘रुवाण्डाको यात्राले हामीलाई देखाउँछ कि सानो देशले पनि ठूला कुराहरू हासिल गर्न सक्छ,’ अध्यक्ष ढकालले भने, ‘बलियो संस्थाहरू, सरकार र निजी क्षेत्रबीचको सहकार्य नै यसको आधार हो । भन्ने कुरा हाीले रुवाण्डाबाट सिक्न सक्छौं ।

रुवाण्डाको साहसिक रूपान्तरण यात्रा नेपाली जनताका लागि प्रेरणाको स्रोत भएको बताउँदै अध्यक्ष ढकालले १९९४ मा भएको नरसंहारपछि रुवाण्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासलाई उच्च सम्मान प्रकट गरे ।

‘रुवाण्डाले आफ्नो इतिहासको पीडादायी अध्याय समाप्त गरी विगत तीन दशकमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।’ उहाँले भन्नुभयो , रुवाण्डाको अर्थतन्त्र विगतका वर्षहरूमा ७ देखि ८ प्रतिशत वार्षिक वृद्धिदरमा भईरहको छ । बलियो नेतृत्व, जनताको परिश्रम र व्यवसायमैत्री नीतिहरू नै रुवाण्डाको विकासको मुख्य आधार बनेको छ । यो सबैका लागि प्ररणादायी कुरा हो ।

Health Tips Ad Road Block