skip this News Page Tips Ad Road Block

नेपालमा विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, अटो लोन खुकुको बनाउँदा हुन्छः थापा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफपछि आउनु पर्नेमा छापामार शैलीमा ल्याउन लागेको आरोप लगाएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौद्रिक नीति दिर्घकालिन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन्।

अर्धवार्षिक समीक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पुर्याउन उनले माग गरेका छन्। नेपालको ब्यालेन्स अफ पेमेन्ट पर्याप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने उनले बताए ।

‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरु भइरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन्। नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन्।’

नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा थापाले सरकारले सवारी साधनमा बढी कर लगाउँदा मुद्रास्फिति नबढेपनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महंगो रहेको बताए। नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भइरहेको उनले बताए।

Health Tips Ad Road Block