काठमाडौं । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आग्रह गरेको छ । एक विज्ञप्ति जारी गरी नाडाले हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको जनाएको छ । यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको र यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै नाडाले आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडामा सहानुभूति प्रकट गरेको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहँदै आएको र पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएको छ । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सबैमा नाडाले आग्रह गरेको छ । यो संकटको घडीमा सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न नाडाका अध्यक्ष करण चौधरी अनुरोध गरेका छन् ।






















