skip this News Page Tips Ad Road Block

आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधि तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् । विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन ।

औषधि विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको छैन ।

यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधि उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन् ।

यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ ।

संहिताअन्तर्गतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधि व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् ।

यसले नेपाली आर्युर्वेद, होमियोप्याथीसहितका औषधि उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

हाल एलोप्याथिक औषधिले यस्तो प्रमाण पाए पनि परम्परागत औषधिले नपाउँदा वैधानिक निर्यात गर्न सकेका थिएनन् । अब यो समस्या हट्नेछ ।

Health Tips Ad Road Block