Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गर्जाङ उपत्यका हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावरको आईपीओ निष्काशन गर्ने भएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडका बीचमा साधारण शेयर निष्काशनसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा शेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने जनाएको छ, जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो जारी पूँजी ५० करोड रकमको २० प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको रु.१०० अङ्कित दरमा १०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । निष्काशनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्र अनुसार शेयर निष्काशन प्रक्रिया अघि बढाइने भएको छ ।

गार्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड २०६०–९–२१ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियो । २०७०–१२–२४ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २०७४–८–२८ देखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ ।

Health Tips Ad Road Block