काठमाडौं । नेपाली कलाकार सुदर्शन राजोपाध्याय अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएका छन् । भारतको महाराष्ट्र राज्यको सोलापुर जिल्लामा रहेको सुरताल संगीत विद्यालयले आयोजना गर्न लागेको १० औँ अन्तर्राष्ट्रिय सुरताल संगीत तथा नृत्य महोत्सवमा नेपाली कलाकार सुदर्शन राजोपाध्यायलाई अन्तर्राष्ट्रिय सम्मान पुरस्कार प्रदान गरिने भएको हो ।
महोत्सवमा गायन, वाद्य संगीत र नृत्यमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभाशाली कलाकारहरूका साथै संगीतको प्रवर्द्धन र प्रसारमा योगदान पुर्याउनेहरूलाई सम्मान गर्ने गरिन्छ। महोत्सवमा यसपालि पं. के.एन. बोलंगे गुरूजी तथा पं. विष्णु दिगंबर पलुस्करको पुण्यतिथिको अवसरमा विविध कार्यक्रम हुने आयोजकले जनाएको छ । पुरस्कार एवं सम्मान कार्यक्रम आगामी अगष्ट २४, २०२५ मा भारतको कर्माकका नगरमा दिउँसो ३ः०० बजे हुनेछ ।
संगीत र नृत्यको क्षेत्रका प्रतिभावान कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिने यस महोत्सवमा यसपालि पं. के.एन. बोलंगे गुरूजी तथा पं. विष्णु दिगंबर पलुस्करको पुण्यतिथिको अवसरमा विविध कार्यक्रम हुनेछन् । आयोजक संस्थाका अनुसार, गायन, वादन, नृत्य तथा संगीतको प्रचार–प्रसारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई यस समारोहमा विशेष सम्मान गरिनेछ। समारोह यही आउँदो अगष्ट २४, २०२५ मा भारतको करमलामाा दिउँसो ३ः०० बजे हुनेछ ।
आयोजक सुरताल संगीत विद्यालयका प्रमुख श्री बालासाहेब बी. नरारेद्वारा हस्ताक्षरित निमन्त्रणा पत्रमार्फत पं. राजोपाध्यायलाई सम्मानित अतिथिको रूपमा उपस्थित रहन अनुरोध गरिएको छ । यो सम्मान नेपाली संगीत क्षेत्रका लागि गौरवको विषय हो । पं. सुदर्शन राजोपाध्याय विगत लामो समयदेखि शास्त्रीय संगीतको क्षेत्रमा समर्पित रहँदै आएका छन् ।






















