काठमाडौं । विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४ टी को मूल्य घटाएको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने कम्पनीको भनाइ छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।”
मुख्य विशेषताहरूः
लाइका ट्रिपल क्यामेरा – ५०ःएमपी मुख्य, १२ ःएमपी अल्ट्रा–वाइड र ५०ः एमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४ के भिडियो खिच्न सकिने क्षमता मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५ एक्स र्यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ ।
१४४ हर्ज एमोलेड डिस्प्लेः ६.६७ इन्चको स्क्रिन, १.५ के रिजोल्युसन र एचडिआर १० प्लस सपोर्ट स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको, छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको ।
नयाँ मूल्य (१२ जिबी प्लस ५१२ जिबी ):
अघिल्लो मूल्यः रु. ६४,९९९ घटाएपछिको नयाँ मूल्य रु. ५९,९९९ रहेको छ । शाओमी १४ टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिने कम्पनीले बताएको छ । उच्चस्तरीय क्यामेरा, शक्तिशालीप्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४ टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको कम्पनीको दाबी छ । यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध रहेको छ ।






















