Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता, १८ जनाले ल्याए ४ जिपिए

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व दिएको छ। स्थापनाकालदेखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल, सर्वोत्कृष्टताको निरन्तरता हुनुमा“एउटा ओदानका तीनवटा खुट्टा” जस्तै अभिभावकविद्यार्थी र विद्यालय बीचको पारस्परिक सहयोग नै रहेको धारणा व्यक्त गर्दछन्।

२०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले २०८१ सालमा उच्च सफलता हासिल गरेको छ। यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौं जिल्लामा प्रथम भई काठमाडौं महानगरपालिकाबाट नगद पुरस्कार सहित“सर्वोत्कृष्ट विद्यालय पुरस्कार”ले पुरस्कृत भएको थियो।

त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौं जिल्ला प्रथम भई प्याबसन काठमाडौँद्वारा “उत्कृष्ट विद्यालय सम्मान २०८०” ले सम्मानित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाअनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईई सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित सतप्रतिशत विद्यार्थीले ३.७३ भन्दामाथि अङ्क प्राप्त गर्न सफल भएका छन्।

Health Tips Ad Road Block