skip this News Page Tips Ad Road Block

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूँजी रु. ९,१४,३२,३७,३०६ को ८ प्रतिशतका दरले हुने रु.७३,१४,५८,९८४.४८ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

यसैगरी सभाले संचालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८०/८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एससिलाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आव २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला केसी, संचालक सौरभ दुगडले शुभकामना मन्तव्य दिएका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

Health Tips Ad Road Block