Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमालेको निष्कर्षः सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेकपा (एमाले) ले सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी भएको दाबी गरेको छ । केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको हो ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुुपर्नेमा जोड दिएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए ।

Health Tips Ad Road Block