Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गर्मी छल्न कुरिनटार रिट्रिटमा आन्तरिक पर्यटकको भिड

Citizenlife ad 2082 falgun to baishak 2083

चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ । नेपालको प्रमुख राजमार्गसँगै अवस्थित यस कुरिनटार रिट्रिट शान्त, मनमोहक र मनोरन्जनको उत्कृष्ट प्याकेजको रुपमा परिचित हुँदै गएको हो ।

प्रसिद्व धार्मिक स्थल मनकामना मन्दिरबाट नजिकै रहेको यस रिट्रिटमा भक्तजन, देशका विभिन्न स्थानदेखि काठमाडौं भित्रने होस् वा काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने देश तथा विदेशका यात्रुहरूको आकर्षणको केन्द्र बन्दै गएको हो ।

एलिट हस्पिट्यालिटी को व्यवस्थापनमा सञ्चालित यस रिट्रिटमा स्वादिलो तथा स्वस्थकर खाना, आरामदायी बसोबास र विविध मनोरञ्जनात्मक सुविधा उपलब्ध छन्। भव्य स्विमिङ पूलदेखि हरियालीले भरिएको रमणीय वातावरणसम्म यहाँ आउने पर्यटकहरूले शान्त वातावरणमा गर्मी छल्ने अवसर पाइरहेका छन्।

कुरिनटार रिट्रिटको प्रमुख आकर्षणहरूमा स्वादिलो नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय परिकार पस्किने एसी रेस्टुरेन्ट विशेष चर्चित छ। यात्राका क्रममा विश्राम गर्न, रमाइलो खानपानको मजा लिन रेस्टुरेन्ट यात्रुहरूको यो रोजाइमा परेको छ।

बालबालिकाका लागि अत्याधुनिक प्ले ग्राउन्डको ब्यवस्थाले रिट्रिटलाई पारिवारिक मनोरञ्जनको उत्कृष्ट हब बनाएको छ । साथमा इलेक्ट्रोनिक भेइकल चार्जिङ्ग स्टेशनको समेत ब्यवस्थासमेत रहेको छ ।

रिट्रिटको व्यवस्थापनले आगामी दिनहरूमा थप नयाँ सुविधा र सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ। कुरिनटार रिट्रिटको विकाससँगै कुरिनटार क्षेत्रमा आन्तरिक पर्यटनको चहलपहल झनै बढ्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block