skip this News Page Tips Ad Road Block

निफ्राबाट जारी पहिलो ‘हरित उर्जा ऋणपत्र’ मा माग रकमको ४ गुणा बढी आवेदन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले ७ वर्ष अवधि भएको र वार्षिक ६५ को दरले व्याज प्रदान गर्ने गरी जारी गरेको रु. ५ अर्बको हरित उर्जा ऋणपत्रको निष्काशनको कार्य सम्पन्न भएको छ । यस ऋणपत्रमा समग्रमा माग गरिएको भन्दा करिब ४ गुणा बढीले आवेदन परेको र प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको बैंकले जनाएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको ऋणपत्र निष्काशन कार्य जेठ २५ गते सम्पन्न भएको थियो । उक्त सयमसिमाभित्रसर्वसाधाण तर्फको रु. २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३,०३३ योग्य लगानीकर्ताहरुबाट रु. ३,३८,५४,७८,००० को लागि आवेदन परेको थियो भने प्राईभेट प्लेसमेन्ट तर्फको रु. ३ अर्बको लागि जम्मा२३ योग्य लगानीकर्ताहरुबाट रु. १५,५९,५५,००,००० को लागि आवेदन परेको थियो ।

नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको यस हरित उर्जा ऋणपत्र निष्काशनको कार्य सम्पन्न भइसकेको सन्दर्भमा अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, विदेशी दातृ निकाय लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले निफ्रा लगायत ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी समेतको सहआयोजनामा समीक्षा गरिएको छ । मंगलबार गरिएको समीक्षामा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block