skip this News Page Tips Ad Road Block

लम्पी स्किन र अफ्रिकन स्वाईन फिभरको अवस्था बुझ्न मन्त्रालयबाट टोली परिचालन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अअफ्रिकन स्वाईन फिभर देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न विभिन्न निकायहरुलाई परिचालन गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बसेको सम्वन्धीत अधिकारीहरुको बैठकले पशु सेवा विभाग अन्र्तगतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्र्तगतका सम्बन्धित अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरि तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।

रोगको वस्तुस्थितिको दैनिक–आबधिक रिपोटिङ्ग पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा.तपेन्द्र प्रसाद बोहोरालाई गराउने गरि फोकल पोइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ ।

बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टे लगायतका किराहरुवाट सर्ने पशुको रागहरुको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोपसहितका आवश्यक वस्तु र परिश्रमिक समेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तिनवटै तहका सरकारको सहभागीतामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आंकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ ।

Health Tips Ad Road Block