skip this News Page Tips Ad Road Block

ऋण मिलाइदिन घुस लिएको आरोपमा नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्जा प्रवाह गर्दा घुस खाएको आरोपसहित अख्तियारले अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर भएको हो । रूपन्देहीको सिद्धार्थनगर १ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको ¥याडिसन प्रोजेक्टले एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण लिन कम्पनीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा एवं सेयर सदस्य अंकित भुसालले ऋणका लागि प्रक्रिया अघि बढाएका थिए । त्यसबीचमा सहजीकरण गर्न सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले ह्वाट्सएपमार्फत पटकपटक कुराकानी र भेटघाट समेत भएको अख्तियारले जनाएको छ । उनले ऋण मिलाउन भन्दै २०८१ भदौ ३० गते रकम मागे पछि प्राइम बैंकको चेक दिएकामा त्यो चेक चन्‍द्रबहादुरले राकेश थापालाई दिएपछि चेक साटिएको थियो ।

१२ लाख रकम पनि चन्द्रबहादुरले शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजमार्फत लिएको अख्तियारले जनाएको छ । अंकित भुसालले आफ्ना बुवासँग रकम मागेर अनन्या इन्टरप्राइजेजको खातामा १२ लाख हालिदिएका थिए । उक्त रकम इन्टरप्राइजेजका शारदा र रिंकु गुप्ताले लिएका थिए। सो रकम बराबरको सामान किनेर उनीहरूले लक्की खानलाई पठाइदिएका थिए । खानले १९ लाख रकम प्राप्त गरी पुनः अधिकारीलाई बुझाएको अख्तियारको अनुसन्धानमा देखिएको अख्तियारको दाबी छ ।

यस्तो छ अख्तियारको सूचना




Health Tips Ad Road Block