skip this News Page Tips Ad Road Block

नेपालकी पलेशा गोबर्धनलाई एसियाली पारा तेक्वान्दोमा कांस्य पदक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् ।

मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसँग चुके ।

अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुने छन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने छन् । पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्व र्याङकिङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन् ।

Health Tips Ad Road Block