काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३८,६९,७७५ कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । आज(जेठ २३ गते) देखि हकप्रद निष्काशन गरिएको हो ।हकप्रद असार १२ गतेसम्म निष्काशन हुनेछ । शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।
गत जेठ १ गतेसम्म कायम शेयरधनीले यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरिदका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेड, बेंसीशहर–११, लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड, सुन्दरबजार–६ मिलनचोक, लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड, भोर्लेटार–८, बसपार्क, लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड, सिउँडीबार, सुन्दरबजार–९, लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड, उदिपुर शाखा, लमजुङ्ग, ग्लोबल आइएमई बैंक लिमिटेड, दोर्दी शाखा, लमजुङ्गबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्वाप्रणाली मार्फतका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर प्रयोग गरी अनलाइनमार्फत हकप्रद शेयरका लागि आवेदन दिन सकिनेछ ।






















