Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

क्रम्पटन ‘नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न–विजेताः रूपा अकोलिया

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालन गरिएको क्रम्पटन ‘नयाँ वर्षको ठूलो हर्ष’ नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम क्रम्पटन को आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो ।

यस महिनाको लक्की ड्र बाट रूपा अकोलिया विजेता घोषित भएकी छन् । उनले क्रम्पटन ब्राण्डको उत्पादन चौधरी समूहअन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेकि थिइन् । त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उनले मिडिया १० केजी वाशिङ मेसिन जित्न सफल भएकी हुन् ।

क्रम्पटन ग्रेभ्स कन्जुमर इेक्ट्रिकल्स लिमिटेड ८५ ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतको एक उत्कृष्ट पंखा ब्रान्ड हो । यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ । टिकाउ, उर्जा सक्षम र प्रयोगमैत्री डिजाइन क्रम्पटन का प्रमुख विशेषता भएको कम्पनीको भनाइ छ ।

सीजी इलेक्ट्रोनिक्स चौधरी समूहअन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो । यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्पटन लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ ।

Health Tips Ad Road Block