काठमाडौं । केही दिनयता निरन्तर बढेर सुनको मूल्य १ लाख ९३ हजार रुपैयाँ भन्दा माथि पुगेको छ । हिजो २९ सय रुपैयाँले बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँमा पुगेको छ ।
गत शुक्रबार देखि नै सुनको मूल्य निरन्तर बढेको हो । गत शुक्रबार सुन प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको थियो । चार दिनमै सुनको मूल्य तोलामा ४७ सय रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला २०७५ रहेको छ ।






















