Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालयन ट्राभल मार्टः प्रकृति र संस्कृतिमा आधारित पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रकृति र संस्कृतिमा आधारित पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको प्रस्तुती काठमाडौंमा दिइएको छ । ‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) को पाँचौं संस्करणको उद्घाटनमा यसलाई प्रष्ट पारिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विनम्र र बुलन्द आवाजका साथ अगाडि बढ्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय सकारात्मक भन्दा पनि नकारात्मक सन्देश फैलाउन खोज्ने हावी भएको देखिन्छ । नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले नेपाल अब पछाडि फर्कने अवस्थामा नरहेकाले नेपाल विनम्र र बुलन्द आवाजका साथ अगाडि बढ्छ ।’

आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने कला–संस्कृति राष्ट्रिय गौरव भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेछ ।’

मन्त्री पाण्डेले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताए । यसका साथै उनले सार्वजनिक र निजी क्षेत्रबीच बलियो सहकार्य बढाउनुपर्ने समेत बताएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रकृतिमा आधारित पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । उनले भने, ‘नेपालका हिमालहरु मात्र होइन, यहाँका सांस्कृतिक र जैविक विविधता पनि पर्यटकीय आधारहरु हुन् ।’ पाटा नेपालका अध्यक्ष खेम लकाईले अतिथीहरुलाई स्वागत गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्न एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा मार्टले काम गर्ने उल्लेख गरे । सन् २०१७ मा सुरु भई वार्षिकरुपमा हरेक जुन महिनामा काठमाडौंमा आयोजना हुने एचटीएम नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो, जसले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवरहरू र उद्योगका विविध क्षेत्रहरूमा संलग्न व्यक्तिहरूबीच अनुपम नेटवर्किङ, व्यावसायिक अवसरहरू र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढावा प्रदान गर्ने उनले बताए ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।

मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् । त्यसैगरी बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी भएको नेपालले जनाएको छ ।

Health Tips Ad Road Block