Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रिलायबल लाइफद्धारा घातक रोगबापत २० लाख बीमा दाबी भुक्तानी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोगबापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत महिनामा कम्पनीको हाकिम चोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाखको जीवन बीमा बीमालेख खरिद गरेका भरतपुर–३, चितवन निवासी महेश बानियाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । बीमितले ३ किस्तामात्र बीमा शुल्क भुक्तानी गरेको अवस्थामा २०८० साल वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजाँचकाक्रममा कलोजोसम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगिएको र डाक्टरको सल्लाहबमोजिम नै २०८१ पुस १५ गते गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।

नेपालमा अत्यन्तै महँगो उपचार पद्धतीमध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागि झन्डै ४० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडि बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्र्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको जनाएको छ ।

कम्पनीले २०८२ जेठ ७ गते गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमका बीच शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाख रुपैयाँको चेक बीमितलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बीमित महेश बानियाँले यस दुःखद समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृयासम्बन्धी सम्पूर्ण हल्लाहरु निराधार सावित भएको समेत बताए । आफूलाई जीवन बीमा गराउनका लागि सही समयमा नै प्रस्ताव गर्ने बीमा अभिकर्ता सरस्वती गौतमलाई विशेष धन्यवाद दिँदै भोलिका दिनमा आफूजस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागिपर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा अन्य वक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षती न्यूनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा हाकिमचोक शाखाका वरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागाँई, बिष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

Health Tips Ad Road Block