काठमाडौं । डलरको तुलनामा नेपाली रुपैयाँ १०.४ प्रतिशतले अवमूल्यन भएको छ । २०८२ असार मसान्तको तुलनामा २०८३ बैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १०.४ प्रतिशतले अवमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकले यस्तो बताएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष भने वैशाखमा नेपाली रुपैयाँ २.१ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०८३ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१५२.८४ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७ रहेको थियो ।





















