Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडाद्धारा अटोमोबाइल क्षेत्रका समस्याको नीतिगत सुधारका लागि राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव प्रस्तुत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरुको नीतिगत सुधारका लागि राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी नेपालको मोद्रिक नीतिसँग सम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयन योग्य पाँच बुँदे सुझावहरू प्रस्तुत गरे । उक्त छलफलमा विशेष गरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेको छ ।

नाडाद्वारा प्रस्तुत मुख्य सुझावहरूमा

१. अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयनः

राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसकेको छ, तर व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको छ । यसले सम्पूर्ण उद्योगलाई प्रभावित गरिरहेको भन्दै नाडाले तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग गरेको छ ।

२.लोन टू भ्यालु एलटीभी अनुपात न्यूनतम ७० प्रतिशत बनाइयोस्ः

हालको ५० प्रतिशत एलटीभी सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टका लागि एलटीभीलाई बढाएर यथार्थपरक स्तरमा ल्याउन आग्रह गरिएको छ ।

३.डेब्ट सर्भिस टू ग्रस इन्कम रेसियोमा लचकता ल्याइयोस्ः

हालको सख्त डिएसआर नीतिले मध्यमवर्र्गीय तथा तलबदरमा आधारित ग्राहकलाई ऋण पाउन कठिनाइ भएको भन्दै यसमा व्यवहारिक लचकता ल्याउनुपर्नेमा जोड दिएको छ ।

४. इभी तथा हाइब्रीड सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस्ः

देशको दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई साथ दिन विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा, पुनःवित्तीय र प्रोत्साहन कार्यक्रमहरू आवश्यक रहेको सिफारिस गरिएको छ ।

५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस्ः

ग्राहकलाई निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने वा प्रतिस्पर्र्धी संस्थामाथि अवरोध सिर्जना हुने व्यवहार रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नुपर्ने माग गरिएको छ ।

भेटमा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छ भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दिर्घकालिन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र र्बैकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरे ।

सो छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाको सुझावहरुलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरुमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए । सो भेटघाटमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय यमुना श्रेष्ठ तथा दिपेन्द्र कुमार मिश्र समेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block