Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बजेटका लागि सभापति देशबन्धु बस्नेतद्वारा १५ बुँदे सुझाव प्रस्तुत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न १५ बुँदे सुझाव प्रस्तुत गरेका छन् । सभापति बस्नेतले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समेट्नुपर्ने पर्यटन सम्बन्धि सुझावहरु प्रस्तुत गरेका हुन् ।

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा नियमित सञ्चालन गर्नुपर्ने, नेपाललाई पर्वतारोहण बाहेकका पनि साहसिक खेलकुदको गन्तव्यका रुपमा परिचित गराउनुपर्ने, ईयूको ‘सेफ्टी लिस्ट’बाट हटाएर युरोपका देशहरुमा सिँधा हवाई उडानको प्रबन्ध गर्नुपर्ने र हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानमा पुनरावलोकन गरिनुपर्ने सुझाव दिएका छन् ।

यस्तै, नेपाल ‘म्यारिज डेस्टिनेशन’का रुपमा विकास र विस्तार हुँदै गएको अवस्थामा भारतीय पर्यटकलाई नगद सीमा लागू गर्न नहुने, खेल पर्यटन प्रवद्र्धन गर्न विश्वस्तरीय रंगाशाला (स्टेडियम) जस्ता खेलकुदका पूर्वाधारहरु विकास गरिनुपर्ने, पर्यटन पूर्वाधार (सडक, एयरपोर्ट लगायत)मा निजी र बाह्य लगानी खुला गरिनुपर्ने र आन्तरिक घुमफिरलाई प्रोत्साहन गर्न कर्मचारीहरुलाई वर्षमा १५ दिन ‘पर्यटन बिदा’ दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि सभापति बस्नेतले दिएका छन् ।

यसैगरी, स्थलमार्ग हुँदै आउने पर्यटकका लागि सीमा नाकामा ‘हेल्प डेक्स’ स्थापना गरी त्यहीँबाट मुद्रा सट्टा–पट्टा लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन, स्थलमार्ग हुँदै आउने पर्यटकका लागि लक्षित गरेर स्तरीय सडक पूर्वाधारको विकास गर्न र नेपाल धार्मिक गन्तव्य र शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी भएकाले ‘स्प्रिचुअल टुरिजम’को अवधारणा विकास गरी कार्यान्वयन गर्न पनि बस्नेतले सुझाव दिएका छन् ।

यसैगरी, उनले गैर आवासीय नेपालीलाई सहजै आवतजावत गर्न दिने र उनीहरुलाई साथमा लिएर विश्वका हरेक देशमा नेपालको पर्यटन सम्बन्धि प्रचारप्रचारका काम आयोजना गर्ने कुरा पनि बजेटमार्फत नै घोषणा गर्न सुझाव दिएका छन् ।

यस्ता छन् सभापति बस्नेतद्वारा बजेटका लागि प्रस्तुत सुझावहरुः

१) पोखरा र भैरहवा अन्तर्राष्ट्रिय पूर्ण क्षमतामा सञ्चालन गर्न नीतिगत सहजीकरण, स्पष्ट कार्ययोजना र पर्याप्त बजेटको प्रबन्ध हुनुपर्ने ।

२) नेपाल धार्मिक गन्तव्य र शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी भएकाले ‘स्प्रिचुअल टुरिजम’को अवधारणा विकास गरी कार्यान्वयन गर्नुपर्ने ।

३) पदयात्रा र हिमाल आरोहरण बाहेक अन्य साहसिक खेलहरु (स्काई डाइभ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, एडेभेन्जर साइकलिङ, हिल साइड रेसिङ÷राइडिङ)मार्फत पर्यटकीय गतिविधि विस्तार हुने गरी नीतिगत र बजेटरी सहजीकरण हुनुपर्ने ।

४) नेपालबाट हाल युरोपका देशमा सिँधा हवाई उडान हुन सकिरहेको छैन । नेपाललाई ईयूको ‘सेफ्टी लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकालेर युरोपेली देशहरुमा सिँधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने ।

५) नेपालमा अहिले निजी क्षेत्रको पहलमा अन्तर्राष्ट्रिय ‘चेन होटल’ ब्राण्डहरुको विस्तार भइरहेको छ । उनीहरुले नेपालका होटलको व्यवस्थापन बापत लैजान पाउने शुल्कमा पुनरावलोकन हुनुपर्ने वा दुइ पक्षको सहमतिमा निर्धारण हुन पाउने गरी खुला छोडिदिनुपर्ने ।

६) तारे होटलहरुलाई उद्योगको मान्यता दिने भनेर कानुन संशोधन भएपनि त्यसका नियमावली जारी हुने लगायतका कुराहरु अझै बाँकी रहेकाले यी कामहरु तत्काल गर्नका लागि बजेटबाटै घोषणा हुनुपर्ने ।

७) नेपाल ‘म्यारिज डेस्टिनेशन’का रुपमा विकास र विस्तार हुँदै गएको अवस्थामा भारतीय पर्यटकलाई नगद सीमा लागू गर्न नहुने । नेपाल प्रयोजन खुलाएर आफ्नो देशको मुद्रा लिएर आउन दिनुपर्ने ।

८) हावापानी र मौसका कारण नेपालमा अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सकिन्छ । यसबाट खेल पर्यटन प्रवद्र्धन हुन गई मुलुकलाई मनग्य फाइदा पुग्छ । यसका लागि विश्वस्तरीय रंगाशाला (स्टेडियम) जस्ता खेलकुदका पूर्वाधारहरु विकास गरिनुपर्ने ।

९) कतिपय स्वास्थ्य उपचारहरु अन्य देशको तुलनामा नेपालमा सस्तो र स्तरीय हुने गर्दछ । उदाहरणका लागि आँखाको उपचारलाई हेर्न सकिन्छ । यस्ता स्वास्थ्य उपचारको पहिचान गरी ‘हेल्थ टुरिजम’को अवधारणा विकास गरि कार्यान्वयन गरिनुपर्ने ।

१०) पर्यटन पूर्वाधार (सडक, एयरपोर्ट लगायत)मा निजी र बाह्य लगानी खुला गरिनुपर्ने ।

११) स्थलमार्ग हुँदै आउने पर्यटकका लागि सीमा नाकामा ‘हेल्प डेक्स’ स्थापना गरी त्यहीँबाट मुद्रा सट्टा–पट्टा लगायतका सुविधा उपलब्ध गराउनुपर्ने ।

१२) स्थलमार्ग हुँदै आउने पर्यटकका लागि लक्षित गरेर स्तरीय सडक पूर्वाधारको विकास गर्नुपर्ने ।

१३) हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानमा पुनरावलोकन गरिनुपर्ने ।

१४) आन्तरिक घुमफिरलाई प्रोत्साहन गर्न कर्मचारीहरुलाई वर्षमा १५ दिन ‘पर्यटन बिदा’ दिने व्यवस्था लागू गर्नुपर्ने ।

१५) गैर आवासीय नेपालीलाई सहजै आवतजावत गर्न दिने र उनीहरुलाई साथमा लिएर विश्वका हरेक देशमा नेपालको पर्यटन सम्बन्धि प्रचारप्रचारका काम आयोजना गरिनुपर्ने ।

Health Tips Ad Road Block