Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टेलिकमको नाफामा ४८.६७ प्रतिशतको गिरावट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल टेलिकमको नाफामा ४८.६७ प्रतिशतको गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा यस्तो मुनाफा ५ अर्ब ५३ करोड ७५ लाख ६२ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा नाफामा २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार अर्थात ४८.६७ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार रुपैयाँ रहेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा १६ करोड ३६ लाख ७५ हजार रुपैयाँ अर्थात् ०.६४ प्रतिशतले कमी भएकोटेलिकमले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुलआय २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रु.२१.०५ रहेको छ।

यस्तै ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तर आबद्धता आयमा गत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब रु.५३ करोड ५५ लाख ६६ हजार अर्थात् (२२.३७प्रतिशत) ले कम भएकोटेलिकमले जनाएको छ ।

Health Tips Ad Road Block