काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेर सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















