Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अबदेखि आवेदन दिएकै दिनमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अबदेखि आवेदन दिएकै दिनमा श्रम स्वीकृति पाइने भएको छ । वैदेशिक रोजगार विभागले अबदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था भएको जनाएसँगै सोहीदिन श्रम स्वीकृति पाइने भएको हो । विभागले कार्यालयमै पत्रकार सम्मेलन गरेर नयाँ व्यवस्था गरिएको जनाएको हो ।

विभागका महानिर्देशक कमल प्रसाद भट्टराइृकाअनुसार रीतपूर्वक दरखास्त फारम प्राप्त भएपछि आवेदन दिएकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिनेछ ।

सोमबारदेखि यो व्यवस्था लागु हुने विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिएका छन् । उनका अनुसार अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था हुनेछ ।

सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लैजाने विभागको प्रतिबद्धता रहेको छ । त्यस्तै वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चालिने विभागले जनाएको छ । साइबर सुरक्षा नीति र एआई नीति प्रणाली लागु गरिने पनि विभागले स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block