उदयपुर । उदयपुरको गाईघाटमा सडक योजना भवन सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
१ करोड रुपैयाँको लगतमा निर्मित भवनको उद्घाटन गर्दै मन्त्री दहालले नगारिकको जीवनस्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । साथै सो सड़क योजनाको काम निर्धारित समयमानै पूरा गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक रामहरी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात कार्य सम्पादन सहज हुने बताए ।






















