ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दिए सुझाव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा नेपाल व्यवस्थापक संघले आज काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरु (एएमइज) को योगदान ठूलो रहेपनि ती उद्योगहरु प्रवर्द्धन हुन नसकेको बताए । “नेपालको अर्थतन्त्रमा एएमइजको योगदान ठूलो छ । तर योगदान अनुरुप प्रोत्साहन छैन । यसले गर्दा उत्पादन, उत्पाकत्व र रोजगारीमा समेत असर पारेको छ । ती उद्योगहरुको प्रर्वद्धनका लागि सहज ऋण प्राप्ति, लिएको ऋणको पुनः नविरकण वा पुर्नतालिकिकरण आवश्यकछ । नयाँ बजेटले यी विषयहरु सम्बोधन हुने छन् भन्ने हाम्रो अपेक्षा छ । ” श्रेष्ठले भने ।

साथै उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको समेत बताए ।

देशको अर्थतन्त्र चलायमान हुन पूर्वाधार विकास अपरिहार्य भएपनि तदनुरुप पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उनले भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न तथा ती विमानस्थलबाट आन्तरिक कनेक्टिभिटी गराउन सरकारको ध्यानाकर्षण गराए ।

यस्तै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालमा ४० प्रतिशत बढि अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख गर्दै अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताए ।

यस्तै उनले सरकारले नीति तथा कार्यक्रममा रोजगार दशक घोषणा गर्ने कार्यक्रम ल्याएकोमा त्यसलाई औद्योगिकरणको दशक बनाउन सुझाव दिए । देशबाट युवाहरु पलायन भइरहेको अवस्थामा देशमा औद्योगिक विकास र अवसर सिर्जना गर्न सकेमात्र युवा पलायन रोक्न सकिने बताए ।

Health Tips Ad Road Block