Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थतन्त्र चलायमान गराउने गरी आज सरकारको नीति तथा कार्यक्रम आउँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र निर्धारित पोशाकमा प्रतिनिधिसभाका सदस्यलाई उपस्थित भइ आशनग्रहण गरिसक्न भनिसकेका छन् ।

Health Tips Ad Road Block