काठमाडौं । एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) २०८२ वैशाख १४, देखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।
नयाँ टिएमएसको सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजीबजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइनमार्फत शेयर खरिद÷बिक्रीगर्दा वास्तविक समयमा अर्डर राख्न सकिनेस रियल टाइम अर्डर प्लेसमेन्ट एण्ड पोर्टफोलियो ट्रयाकिङ सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।
एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले न नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहककेन्द्रित सेवा र प्रविधिको सशक्तप्रयोग मार्फत नेपालको पूँजीबजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ ।