Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थ र गृहमन्त्रीलाई सँगै राखेर ओली देउवाको भेट, सत्ता सहकार्यलाई अझै सुदृढ गर्नेमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकलाई सँगै राखेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block