ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

सरकार र शिक्षकहरुबीचको वार्ता निष्कर्षबिहिन

काठमाडौं । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षबिहिन भएको छ । छलफललाई निरन्तरता दिने सहमति भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधिबीचको आजको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो ।

शनिबार बिहानैदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मागहरू पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताएका छन् ।

विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरेलगत्तै आन्दोलन रोक्ने शिक्षकहरूको अडान कायमै रहेको छ ।

Health Tips Ad Road Block